image
image

चौथो दिन पनि घट्यो सेयर बजार

काठमाडौँ, १९, जेठ ।  बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो ।

बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका २२७ कम्पनी मध्ये १४९ कम्पनीको सेयर मूल्य घट्दा कुल कारोबार रकम १ अर्ब १६ करोड मात्रै रह्यो । घटेको बजारमा ३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन ।

बलेफी हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो भने माउण्टेन इनर्जी, उपकार लघुवित्त लगायतका कम्पनीको लगानीकर्ताले बजारबाट ४ प्रतिशत हाराहारी कमाई गरे ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्स,उन्नती सहकार्य लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीले बिहीबार दोस्रो बजारबाट धेरै गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।