image
image

पेट्रोल, डिजेल र मटितेलको मूल्य १० रुपैयाँ घट्यो, निगमकाे आग्रह : विद्युत खपतमा जाेड दिऊँ

काठमाडौँ, २०, जेठ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य १० रुपैयाँ घटाएको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले मूल्य बढाएर पठाए पनि नेपालमा सरकारले लगाउँदै आएको प्रतिलिटर १० रुपैयाँ बराबरको मूल्य कम गरिएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मटितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन (आन्तरिक र बाह्य) र एलपी ग्यासको मूल्य भने यथावत नै कायम गरिएको छ ।

उल्लेखित आधारमा मूल्य समायोजन हुँदा पेट्रोलमा प्रतिलिटर ३१.४१ रुपैयाँ र डिजेलमा २८.३३ रुपैयाँ नोक्सान रहेको निगमले जानकारी दिएको छ । यस्तै, मटितेलमा ५.४४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १७.४६ रुपैयाँ र हवाई इन्धन बाह्यमा ६४.६७ रुपैयाँ नाफा रहेको जनाइएको छ । उता एलपी ग्यासमा भने प्रतिसिलिण्डर ७५१.१४ रुपैयाँ घाटा रहेको निगमले उल्लेख गरेको छ ।

निगमका अनुसार एलपी ग्यासको हाल भइरहेको घाटा न्यूनिकरण गर्न घरायसी र व्यावसायिक प्रयोजनका लागि अलग अलग मूल्य कायम हुने भएको छ । निगमको बिहीबार (जेठ १९ गते) बसेको सञ्चालक समितिको बैठकले यस कार्यका लागि एक सञ्चालकको संयोजकत्वमा सरोकारवाला प्रतिनिधि सहित उपसमिति गठन गर्ने निर्णय पनि गरिएको छ ।

विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थहरूको प्रयोग सकेसम्म कम गरी विद्युत लगायत स्वदेशी ऊर्जाको खपत बढाउन अब जरुरी रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘यो राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरूले समेत मनन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।