image
image

एकैपटक ३० रुपैयाँ महँगो भयो पेट्रोल, अब एक लिटरको २०९ रुपैयाँ

काठमाडौँ, २०, जेठ । पाकिस्तानमा आजकाल पेट्रोलको मूल्य आकासिएको छ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन् ।

अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ । अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल्यमा ३० रुपैयाँ वृद्धि गरेको थियो । पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबाट ऋण लिनका लागि उसले कडा शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ ।

यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बिजुली महसुल महँगो गर्दै ७.९१ रुपैयाँ प्रति युनिटको वृद्धि गरेको छ । पाकिस्तानमा डिजेल अब २०४.१५ प्रति लिटर छ भने मट्टीतेलको मूल्य १९१.९४ प्रति लिटर पुगेको छ ।

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले यी निर्णयले महँगी बढ्ने र मानिसलाई समस्या पनि पार्ने बताउँदै मुलुकलाई गरिबीबाट जोगाउनका लागि यो आवश्यक भएको बताएका छन् ।

पाकिस्तानी अर्थमन्त्रीले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तान गरिबीतर्फ धकेलिएको र यसलाई रोक्न कठोर निर्णय लिनुपरेको बताए । पाकिस्तानी अर्थमन्त्रीले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तानले पेट्रोलमा दिइने अनुदानको रुपमा प्रतिमहिना १२० देखि १३० अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको बताए । नयाँ मूल्यले अनुदानमा मासिक २५ अर्ब रुपैयाँ घटाउने मिफ्ताहले बताए ।आगामी महिनाहरूमा पाकिस्तानमा धेरै विदेशी ऋण दायित्वहरू छन् ।

यस्तो अवस्थामा आईएमएफबाट ऋण लिनुपर्ने बाध्यता छ । यदि पाकिस्तानले आईएमएफबाट ऋण नपाएमा डिफल्टर हुने खतरा छ । मिफ्ताह इस्माइलले मे २८ मा चीन, युएई र साउदी पाकिस्तानलाई ऋण दिन उदार भएको बताएका थिए तर अहिले यी तीन देशले पनि पहिले आइएमएफमा जानुपर्छ भन्दै आएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।