image
image

भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थाल्यो, एकैदिन १० जनाको मृत्यु

काठमाडौँ, २०, जेठ । भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। भारतमा पघिल्लो २४ घण्टामा ४ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन अघिल्लो दिनको तुलनामा ८.९ प्रतिशतले बढी हो। 

सबैभन्दा धेरै संक्रमण केरला राज्यमा देखिएको छ। जहाँ १ हजार ३७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

त्यस्तै महाराष्ट्रमा १ हजार ४५, दिल्लीमा ३७३, कर्नाटकमा २९७ र हरियाणामा १८८ जना नयाँ संक्रमित थपिएका छन्। नयाँ कोरोना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको कुल सक्रिय संख्या २१ हजार १७७ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट मुक्त हुनेको संख्या २ हजार ३६३ रहेको छ। भारतको रिकभरी रेट ९८.७४ प्रतिशत रहेको छ भने अहिलेसम्म ४ करोड २६ लाख २२ हजार ७५७ जना संक्रमणमुक्त भइसकेका छन्। 

यसैगरी भारतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट १० जना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ६५१ पुगेको छ। – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।