image
image

तेलको आयातमाथिको परनिर्भरता कम गदैं भारत

काठमाडौँ, २३, जेठ । भारत सरकारले कच्चा तेलको आयातमाथिको परनिर्भरता कम गर्नका लागि सन् २०२५–२६ सम्म यो आँकडा दुई गुणा पुर्‍याउने लक्ष्य लिएको छ । 

भारत सरकारले सन् २०२२ भित्र उखु र अन्य कृषिजन्य वस्तुबाट निकालिएको इथानोललाई पेट्रोलमा १० प्रतिशत मिश्रण गर्ने लक्ष्य लिएको थियो । तर, भारतले यो लक्ष्य जुन महिना अर्थात ५ महिनाअघि नै भेट्टाएको हो । 

इन्डियन आयल कर्पोरेसन (आईओसी), भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड (बीपीसीइल) र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल) को अथक प्रयासका कारण पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने लक्ष्य समय अगावै पूरा भएको जनाइएको छ । 

पेट्रोलमा इथानोल मिश्रण गर्दा भारत सरकारले ४१ हजार ५०० करोडभन्दा बढी विदेशी मुद्रा बचत गर्न सफल भएको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तै हरित ग्यास उत्सर्जनमा २७ लाख टनको कमी आउनुका साथै किसानहरुलाई ४० हजार ६०० करोड भारुभन्दा बढी रकम भुक्तानी गरिएको छ ।   

अमेरिका, ब्राजिल युरोपेली संघ र चीनपछि विश्वको सबैभन्दा धेरै इथानोल उत्पादन गर्ने भारत पाचौँ ठूलो देश हो । विश्वभर इथानोलको प्रयोग ठूलो मात्रामा गर्ने गरिन्छ । तर, भारत र ब्राजिलजस्ता देशहरुले भने यसलाई पेट्रोलमा मिश्रण गर्ने गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।