image
image

चाँदीको माग सात वर्षकै उच्च स्तरमा पुग्ने

काठमाडौँ, २३, जेठ । सुनको मूल्य चाँदीको तुलनामा हाल धेरै बढी छ । सुन चाँदीको अनुपात अहिले ८३ भन्दा माथि रहेको छ । यस्तो अवस्थामा चाँदीमा लगानी बढ्ने अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

सुनचाँदीको अनुपात प्रायजसो ६२ आसापास रहन्छ जुन हाल ८३ भन्दा माथि रहेको छ । जसको अर्थ प्रति अउन्स सुन किन्नकालागि ८३ अउन्स चाँदी चाहिन्छ ।

मे १२ मा सुनचाँदीको अनुपात ८९ रहेको थियो । सो अनुपात यस वर्षकै उच्च स्तर रहेको थियो । जुन अहिले घटेर ८३.६४मा झरेको छ । यसको अर्थ चाँदीको मूल्य बढिरहेको छ । यो वृद्धि अहिले पनि जारी रहेको छ ।

सिल्भर इन्स्टिीच्युटको रिपोर्ट अनुसार चाँदीको मूल्य बढ्नुमा कैयौं कारणहरु रहेका छन् । सुनको उच्च मूल्य रहीरहँदा लगानीकर्ताहरू लगानीकालागि चाँदीतर्फ उन्मुख रहेका छन् । अहिले स्टेर्लिंग सिल्भर र गोल्ड प्लेटेड चाँदीको गहनाको माग बढेको छ । 

विश्वभरमा चाँदीको माग यस वर्ष ३४ हजार ७५० टनको रेकर्ड स्तर पुग्ने आशा गरिएको छ । गहनाको मागमा ११ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ भने चाँदीका सामाग्रीको माग २३ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।

सन् २०२२मा भौतिक चाँदीको माग १३ प्रतिशतले बढेर सात वर्षकै उच्च स्तरमा पुग्ने आशा गरिएको छ । गत एक दशकमा चाँदीको माइनिंग स्थिर रहेको छ । सन् २०१९ भन्दा अघिल्लो चार वर्षसम्म माइनिंगमा गिरावट आएको थियो । विगत एक दशकमा चाँदीको अवस्था कमजोर रहेको छ । र यसको मूल्यमा खासै वृद्धि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।