उपकार लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, कति पुग्यो प्रतिकित्ताको मूल्य ?
काठमाडौँ, २३, जेठ । साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उपकार लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ९३२.८० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको ५७ हजार १४८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।









