image
image

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओमा ९.२३ गुणा बढी आवेदन, कहिलेसम्म दिन सकिन्छ ?

काठमाडौँ, २३, जेठ । विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओमा १ अर्ब २६ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

सीडीएसका अनुसार सोमबार बिहान १० बजेसम्ममा १० लाख ४३ हजार ५९१ जनाले १ करोड २६ लाख ३ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ९.२३ गुणा बढी आवेदन हो ।

विन्ध्यवासिनीले जेठ २० गतेबाट सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो । कुल १५ लाख कित्तामध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । 

आईपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।