image
image

झापाको बजेट सात अर्ब ३१ करोड

काठमाडौँ, २३, जेठ । झापाका १५ पालिकाका लागि कुल सात अर्ब ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा झापाका लागि सात अर्ब ३१ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको हो ।

आगामी आर्थिक वर्ष २०७९/०८० का लागि गत जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेका थिए । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । झापाको मेचीनगर नगरपालिकाले सबैभन्दा बढी ८३ करोड ५८ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ भने हल्दिबारी गाउँपालिकाले सबैभन्दा कम ३० करोड ९९ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिकाका लागि ४९ करोड ४२ लाख रुपैयाँ, कन्काई नगरपालिकाका लागि ३५ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी गौरादह नगरपालिकाका लागि ५० करोड ९७ लाख रुपैयाँ, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख रुपैयाँ, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै भद्रपुर नगरपालिकाका लागि ४९ करोड ८७ लाख रुपैयाँ र शिवसताक्षी नगरपालिकाका लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख रुपैयाँ, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख रुपैयाँ र गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख रुपैयाँ, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख रुपैयाँ र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यस्तै कार्यसम्पादनको आधारमा झापामा सबैभन्दा बढी बजेट गौरीगञ्ज गाउँपालिकाले ५९ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकाले ५६ लाख रुपैयाँ र कमल गाउँपालिकाले ५६ लाख रुपैयाँ थप बजेट पाएका छन् ।

विनियोजित बजेट न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान, कार्यसम्पादनमा आधारित अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी वर्गीकरण गरेर विनियोजन गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।