image
image

शेयर बजार झन्डै १३ अङ्कले घट्यो, १ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाडौँ, २३, जेठ । हप्ताको कारोबार हुने पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार १२ दशमलव ९२ अङ्कले घटेर २ हजार ६५ दशमलव ७८ विन्दुमा झरेको छ । 

आज विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन अन्य र म्यचुल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय २८ वटा कम्पनीका ४४ लाख नाै हजार कित्ता शेयर एक अर्ब २७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको आठ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । 

हिमालयन बैंकको शेयर १० प्रतिशत र माहुली लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर भने १० प्रतिशतले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।