image
image

एनसीसी बैंकको ८ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ, २४, जेठ । एनसीसी बैंकले आज जेठ २४ गतेबाट संस्थापक शेयर बिक्रीमा राखेको छ। 

बैंकले संस्थापक समूहको ८ लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापकसँगै अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ता न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा भने कुनै हक लाग्ने छैन। 

इच्छुक लगानीकर्ताले शिलबन्दी बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो असार ७ गते दिउँसो ३ बजेसम्म बुझाइसक्नुपर्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।