image
image

मंगलबार पनि ओरालो लाग्यो शेयर बजार , २००० भन्दा तलको बिन्दुतिर लम्किदै नेप्से

काठमाडौँ, २४, जेठ । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार भारी अंकले घटेको छ । गत साताको पहिलो कारोबारको दिन(सोमबार) बाट ओरालो लागेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज पनि ओरालो लागेको छ ।

आज नेप्से परिसुचक ४५.५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन पनि हिमालयन बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ३५ रुपैयाँ ८० पैसा घटेर ३२३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सर्पोट माइक्रोफाइनान्स, समता लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त लगायतका स्टकहरुको मूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेका छन्।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कुमारी बैंकको करिब ६ करोडको शेयर कारोबार भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।