image
image

बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ, २५, जेठ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन २० जेठमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री खुला भएकामा कुल निष्काशन गरिने सेयरमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईको लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ जेठ २० गते शुक्रबारदेखि २५ गते बुधबारसम्म बिक्री खुला हुनेछ । आईपीओमा मेरो सेयरको मोबाइल एप, तथा वेबसाइटबाट आवेदन दिन सकिन्छ । 

नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दामा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत सेयर बिक्री खुला गरिएको हो । कम्पनीमा जारी पूँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७५ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।