image
image

२.९ प्रतिशतमा विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान घटायो विश्व बैंकले

काठमाडौँ, २५, जेठ । युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ ।

“विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको,” बैंकले मङ्गलबार आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा उल्लेख गरेको छ ।

कोभिड–१९ महामारीका कारण आएको मन्दीपछि सन् २०२१ मा वृद्धिदर ५.७ प्रतिशतमा पु¥याएपछि यो गिरावट आएको हो । रुसको आक्रमण र मस्कोमा पश्चिमी प्रतिबन्धहरूले अनाज र तेलको मूल्य विश्वव्यापीरूपमा बढाएको छ ।

“युक्रेनमा युद्ध, चीनमा बन्दाबन्दी, आपूर्ति–शृङ्खला अवरोधहरू र मुद्रास्फीतिको जोखिमले वृद्धिलाई जटिल बनाइरहेको छ । धेरै देशहरूका लागि मन्दीबाट बच्न गाह्रो हुने,” विश्व बैंकका अध्यक्ष डेभिड मालपासले टिप्पणी गरेका छन् ।

प्रतिवेदनका अनुसार युद्धले कोभिड–१९ महामारीबाट हुने क्षतिलाई बढाउँदै छ, विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दीलाई बढाउँदै छ जुन कमजोर वृद्धि र उच्च मुद्रास्फीतिको लामो अवधि बन्न सक्छ ।

प्रतिवेदनले अमेरिकी वृद्धि अनुमानलाई १.२ अङ्कले घटाएर २.५ प्रतिशतमा पु¥याएको छ र चीनको लागि पूर्वानुमान ०.८ अङ्कले घटाएर असाधारण रूपमा न्यून ४.३ प्रतिशतमा झरेको छ ।

यसैबीच युरो क्षेत्रको प्रक्षेपण २.५ प्रतिशत र जापान १.७ प्रतिशतमा घटाइएको छ । साथै रुसको अर्थतन्त्र यस वर्ष ११.३ प्रतिशतले संकुचित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।