image
image

शेयर बजार उछाल, ६० अंंकले बढेको नेप्सेमा कारोबार रकममा पनि वृद्धि

काठमाडाँै, २५, जेठ । आज साताको तेस्रो कारोबारको दिन शेयरबजारमा आज हरियाली छाएको छ । बजेट घोषणालगत्तै उच्च अंकले घट्न पुगेको पुँजीबजार आज ६० अंकले बढेको छ ,  ।

आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ६०.२२ अंकले बढेर २०८०.४४ को बिन्दुमा पुगेको हो । 

आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा आज एकाएक ६० अंकको बृद्धि भएपनि कारोबारमा भने खासै सुधार देखिएको छैन ।

साढे १ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ५ करोड १२ लाख ४० हजार ३३२ रुपैयाँको कारोबार भएको हो ।

नेप्से बढेसँगै यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन तेह्रथुम पावर कम्पनी र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ४.११ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। लगानी र बैंक उपसमूहको परिसूचक भने यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।