image
image

बैंकहरूको निक्षेप एकैदिनमा ६ अर्बले बढ्यो

काठमाडौँ, २५, जेठ । बैंकहरूको निक्षेप संकलन एकदिनमै ६ अर्बले बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार जेठ २३ गते बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेर कूल ४९ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । जेठ २२ गते बैंकहरूको निक्षेप ४९ खर्ब ६७ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ६ अर्बले नै बढेर ४३ खर्ब ९३ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४ अर्बले बढेर ४७ खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.९९ प्रतिशतबाट घटेर ८९.९४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।