image
image

दोर्दी खोला जलविद्युतको आईपीओ आजबाट निष्कासन, कति कित्ता ?

काठमाडौँ, २६, जेठ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपीओ निष्काशन गर्दै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकिएको छ । बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्काशन गर्दैछ ।

यस आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटो अवधि जेठ ३१ गतेसम्म तोकिएको यो आइपीओ सो अवधिभित्र बिक्री नभएमा भने ढिलो अवधि असार ९ गतेसम्म विक्रीमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।