image
image

दक्षिण कोरियामा थप १२ बढीमा कोरोना पुष्टि

काठमाडौँ, २६, जेठ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या पछिल्ला केही दिनयता घटेको बताएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा १२ हजार १६१ जनामा यो सङ्क्रमण देखिएको छ ।

यसअघि अघिल्लो दिन यहाँ १३ हजार ९०० भन्दा केही बढी देखिएका सङ्क्रमितहरु सोमबार गएको २४ घन्टायता घटेका हुन् ।तर यहाँ अघिल्लो हप्तामा भने ९ हजारको हाराहारीमा सङ्क्रमित रहेकामा यो हप्ता केही बढेको देखिएको हो । यहाँ बुधबारसम्ममा १ करोड ८२ लाख जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको समाचारमा जनाइएको थियो ।

पहिले यहाँ दिनमै ४ लाख जतिमा संक्रमण हुने गरेकामा पछिल्ला केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो । यहाँका अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसका कारण हुने मृत्यु दर भने नगण्य मात्र रहेको छ र निकै थोरै मानिस मात्र अस्पतालमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।