image
image

फेरी नयाँ उचाइमा अमेरिकी डलरको भाउ, कति पुग्यो ?

काठमाडौँ, २७, जेठ । नेपाली बजारमा शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री दर १२४.७३ रुपैयाँ तोकेको छ। जुन हालसम्मकै उच्च हो ।

हिजो बिहीबार १ अमेरिकी डलरको बिक्री दर १२४.६८ रुपैयाँ तोकेको थियो । यसअघि जेठ ६ मा अमेरिकी डलरको भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २।०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 

गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । पछिल्ला दिनहरुमा डलरको भाउ लगातार बढिरहेको छ । केही महिनायता अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको छ । 

करिब २ महिनाअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको थियो। यो निर्णयपछि पनि डलर विश्व बजारमा बलियो बन्दै गएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।