फेरी ओरालो लाग्दै शेयर बजार
काठमाडौँ, २७, जेठ । साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार ओरालो लागेको छ । ८ दिनपछि ६० अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक बिहीबार र शुक्रबार नै घटेको छ ।
आज नेप्से परिसुचक १४.६४ अंकले घटेर २०४८.१६ को बिन्दुमा पुगेको छ ।
आज २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर खरिदबिक्री हुदाँ ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैंयाको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ कुमारी बैंकको ५ करोड ५ लाख रुपैंया बढीको कारोबार भएको छ ।









