१० महिनामा ०.२ प्रतिशतले बढ्यो रेमिट्यान्स
काठमाडौँ, २७, जेठ । चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्रा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ०.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले दिएको पछिल्लो वित्तीय रिपोर्टअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यश वर्ष ०.२ प्रतिशतले वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्ष यस्तो रेमिटेन्स १९.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेहरुको संख्यामा बढोन्नति आई २ लाख ७८ हजार २९८ जना पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या २ अर्ब ३० करोड ४६६ रहेको थियो ।









