image
image

राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने

काठमाडौँ, २९, जेठ । नेपाल राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।
 
केन्द्रीय बैंकले जेठ ३१ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो भदौ २८ गते परिपक्व हुनेछ । 

केन्द्रीय बैंकले १८२ का लागि ४ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल भने आउँदो मंसिर २७ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले २०८० जेठ ३० गते परिवक्व हुने गरी ३६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ । 

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।