image
image

गत साता नेप्से परिसुचक साढे ३० अंकले घट्यो

काठमाडौँ, २९, जेठ । यस साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २०७८.७० विन्दुमा बन्द भएको नेप्से, यस साता ३०.५४ अंक घटेर २०४८.१६ विन्दुमा झरेको छ।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक रहँदा नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साताको बुधबार मात्र नेप्से ६०.२२ अंकले बढेको थियो। बाँकी कारोबार दिनमा नेप्से ओरालो लागेको थियो।

नेप्से ओरालो लागेपनि यस साता दैनिक औषत कारोबार रकम, कारोबार संख्या र शेयर संख्या बढेको छ। गत साताको तुलनामा यस साता दैनिक औषत कारोबार रकम ६.२८ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या १६.१० प्रतिशत बढेको छ। त्यसैगरी, दैनिक औषत कारोबार संख्या यस साता ६.९८ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेको छ। गत साता २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ४१ अर्ब घटेर २९ खर्ब १७ अर्बमा झरेको छ।

यस साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको हो भने व्यापार उपसमूहको ०.४७ प्रतिशत बढेको हो।

यस साता ११ उपसमूहमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा बढी २.६७ प्रतिशत घटेको छ। गत साता १४४७.५० विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता ३८.५९ अंक घटेर १४०८.९१ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १०५.५३ अंक घटेको छ।

यस साता नेप्सेमा कुल २ करोड १२ लाख २ हजार २९२.९३ कित्ता शेयर सूचीकृत भएको छ। 

यस साता उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ४६.४० प्रतिशत बढेको छ। अन्य स्टकहरुको शेयरमूल्य वृद्धिदर भने १० प्रतिशतभन्दा कम रहेको छ। यसै साता कारोबार खुलेको हिमालयन बैंकको शेयरमूल्य सर्वाधिक ११.८१ प्रतिशत घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।