image
image

एभरेष्ट बैंक र हिमालयन बैंकले ऋणपत्र निष्काशन गर्न सेवोनमा दियो निवेदन

काठमाडौँ, २९, जेठ ।  दुई बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । निवेदन दिनेमा एभरेष्ट बैंक र हिमालयन बैंक रहेका छन् । 

 एभरेष्ट बैंक
 एभरेष्ट बैंकले उर्जा ऋणपत्र निष्काशन गर्नका लागि बोर्डमा गत जेठ २४ गते निवेदन दिएको हो । एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि निवदन दिएको हो ।

ऋणपत्र निष्काशन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता व्यक्तिगततवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हिमालयन बैंक
हिमालयन बैंकले ऋणपत्र निष्काशनका लागि जेठ २३ गते बोर्डमा निवेदन दिएको हो । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले सेबोनबाट स्वीकृती पाएपछि कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १५ लाख कित्ता व्यक्तिगततवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।