image
image

बिटक्वाइनको भाउ २८ हजार डलरमुनि झर्‍यो

काठमाडौँ, २९, जेठ । आइतबार बिटक्वाइनको मूल्य २८ हजार डलरमुनि झरेको छ। 

आज आइतबार चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २७५९५.७० डलरमा सीमित भएको छ। यससँगै बिटक्वाइनको मूल्यमा पछिल्लो २४ घण्टामा ४ प्रतिशतको गिरावट आएको छ। 

आइतबार ग्लोबल क्रिप्टो मार्केट क्यापको मूल्य १.१३ करोड डलर छ। जुन अघिल्लो दिनको तुलानामा ५.०९ प्रतिशतले कम हो। 

कुल क्रिप्टो मार्केट भोल्युम पछिल्लो २४ घण्टामा ७१.५५ अर्ब डलर रहेको छ। जुन अघिल्लो दिनको तुलनामा ६.१४ प्रतिशतले बढी हो। 

यस्तै अन्य बिटक्वाइनको मूल्यमा पनि गिरावट आएको छ। डजक्वाइनको मूल्य १२.८ प्रतिशतले घटेर ०.०६६१६९ डलरमा सीमित भएको छ। कार्डानोको मूल्यमा पनि १०.९ प्रतिशतको गिरावट आएको छ। यो गिरावटका साथ कार्डानोमो मूल्य ०.५२२२११ डलरमा सीमित भएको छ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।