image
image

हिजो १५०० ले बढेको सुनको मूल्य आज ३०० ले घट्यो

काठमाडौँ, ३०, जेठ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।