image
image

विन नेपाल लघुवित्तले भोली संशोधीत लाभांश प्रस्ताप पारित गर्ने

काठमाडौँ, ३०, जेठ ।  विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको जेठ ९ गतेको सञ्चालक समितिको बैठकले इन्द्रावती सामुदायिक सेवा केन्द्र सिन्धुपाल्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरण योग्य बनाउनेछ । कम्पनीले यस वर्ष ९ दशमलव ८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

पहिलो कुल ११।५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले लाभांश संशोधन गरेको हो । यस अघि कम्पनीले ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

संशोधित लाभांश अनुसार कम्पनीले साविकको विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था मर्जपश्चात् कायम चुक्तापूँजी ७ करोड २४ लाख ४१ हजारको आधारमा ९।३३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ। बुक क्लोजको आधारमा जेठ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।