image
image

लगातार ओरालो लागेको बिटकवाइनको मूल्य बढ्यो

काठमाडौँ, ७, असार । लगातार ओरालो लागिरहेको क्रिप्टो करेन्सीको मूल्य बढेको छ ।  सोमबार बिटक्वाइन, इथेरियम देखि लाइटक्वाइन र पोल्काडट लगायतका प्राय सबै क्रिप्टोकरेन्सीमा तिव्र वृद्धि देखिएको छ ।

विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटकवाइनको मूल्यमा गत २४ घण्टामा उछाल आएको छ । एक दिनमा यसको मूल्यमा ६.५० प्रतिशतले वृद्धि भएको छ । हाल बिटक्वाइनको मूल्य २० हजार ८६५ डलर बराबरमा कारोबार भइरहेको छ । यस मूल्यमा बजार पूँजीकरण ३९६.१७ बिलियन डलर पुगेको छ । विगत २४ घण्टामा बिटक्वाइनको न्यून विन्दु १९ हजार १२९.७० डलरमा झरेको थियो । यसैगरी २४ घण्टाको उच्च स्तर भने २० हजार ९७२ डलर पुगेको थियो । हालसम्ममा बिटक्वाइनको मूल्य ६८ हजार ९९०.९० डलरको रेकर्ड छोएको थियो । सो स्तरभन्दा अहिलेको मूल्य ५५.५१ प्रतिशतले कम हो ।

यसैगरी इथेरियमको मूल्य पनि बढोत्तरी भएको छ । २४ घण्टामा इथेरियम ९.३२ प्रतिशले बढेर एक हजार १५१.६६ डलर पुगेको छ । इथेरियमको बजार पूँजीकरण १३६.७८ बिलियन डलर रहेको छ।

शिर्ष १० क्रिप्टोकरेन्सीमध्ये डजक्वाइनको मूल्यमा पनि उकालो लागेको छ । यसको भाउमा ५.५५ प्रतिशतले बढेर ०.०६०७६१ डलरमा कारोबार हुँदैछ । यसकासाथै पोल्काडट १०.१६ डलरले वृद्धि भएर ७.९९ डलर पुगेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।