image
image
दोर्दी खोलाको २१ लाख ९५ हजार कित्ता आईपीओ बाँडफाँट भोलि

दोर्दी खोलाको २१ लाख ९५ हजार कित्ता आईपीओ बाँडफाँट भोलि

काठमाडौँ, ७, असार ।  दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार  बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यस आईपीओमा  मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ । आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । 
 
जसमा २ लाख १ हजार ९८६ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १३ लाख ६२ हजार ५३६ जनाको भने हात खाली हुनेछ । यसमा कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ । 
 
कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर जारी गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र  ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 
 
बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।