image
image

शेयर बजारमा हरियाली, ३७.४९ अंकले बढेर १९२२ बिन्दुमा नेप्से

काठमाडौँ, ७, असार । साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि आज शेयर बजार भारी अंकले बढेर १९०० को बिन्दुमा उक्लिएको छ ।  

आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० को विन्दुमा कायम भएको छ । 

नेप्से उकालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २३१ स्टकको २५ हजार ३६४ पटकको कारोबारमा १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको ३७ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से बढेसँगै यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सामुदायिक लघुवित्त, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर र एनएमबि हाइडब्रिड फण्ड एल १ को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।