image
image

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

 काठमाडौँ, १०, असार ।  राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज असार १० गते अन्तिम दिन रहेको छ ।

यो कम्पनीले गत जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको छ । यो आईपीओमा आज बैंकिङ समय आवेदन दिन सकिने व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । 

कम्पनीले प्रतिसेयर १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओको आकार कम्पनीको जारीपुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउँछ । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि दरखास्त दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।