प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
काठमाडौँ, १०, असार । साताको अन्तिम कारोबार दिन शुक्रवार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंक बढेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक १८४८.३७ विन्दुमा पुगेको हो ।
यस अवधिमा कारोबारमा आएका १३ कम्पनीको २४१ कित्ता शेयर खरिदबिक्री हुदाँ रू. १ लाख २५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
अघिल्लो कारोबारको दिन (बिहीवार) नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ विन्दुमा झरेको थियो भने कुल रू. १ अर्ब ४९ करोड बराबरको शेयर खरीदविक्री भएको थियो ।









