image
image

मोदी र सेतीखोलामा चार जलविद्युत् आयोजना निर्माणाधीन

काठमाडौँ २२ फागुन । पर्वतको मोदी र सेतीखोलामा चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ऊर्जा खोलाको रुपमा परिचित मोदीखोला र दक्षिण क्षेत्रको सेतीखोलामा थप चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ती आयोजनाको क्षमता ५० मेगावाट रहेको छ । मोदीखोलामा तीन र सेतीखोलामा एउटा आयोजना निर्माणाधीन छन् । 

पर्वतको मोदी गाउँपालिकामा रहेको मोदीखोलामा तल्लो मोदी, तल्लो मोदी दुई र मध्यमोदी जलविद्युत् आयोजना र पैयुँ गाउँपालिकास्थित सेतीखोलामा सेतीखोला जलविद्युत् आयोजनाले धमाधम काम गरिरहेका छन् । तल्लो मोदी २० मेगावाट, मध्यमोदी १५ दशमलव एक मेगावाट, तल्लो मोदी दुई आयोजना १० मेगावाट र सेतीखोलामा साढे तीन मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा रहेका हुन् । 

मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको छ । यो आयोजना चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ । यो आयोजना यसअघि नै सञ्चालनमा आइसक्नुपर्ने हो । सुरुङमा देखिएको प्राविधिक समस्या, तार टाँग्दा भएको झण्झट, कर्मचारीको आन्दोलन, देशमा भएका विभिन्न खाले विपत्तिका कारण तोकिएको समयमा चार्ज हुन नसकेको आयोजनाले जनाएको छ । 

अब आयोजनाको काम सकेर परीक्षणको अन्तिम तयारीमा रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिए। शुरुमा रु तीन अर्ब ५० करोड खर्च हुने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाइलगायत कारणले आयोजनाको लागत बढेको छ । यही नदी बेसिनमा चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको छ । रासस  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।