image
image

धरान उपमाहानगरपालिकाले ल्यायो १ अर्ब ६८ करोडको बजेट

काठमाडौँ, १०, असार । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-२०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको छ। शुक्रबार धरानको ११औं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले उक्त बजेट प्रस्तुत गरेका छन्।

कूल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२रुपैयाँ र पुँजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।

आगमी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक रास्वबाट २५ करोड, संस्थागत आन्तरिक अनरदान ५ करोड २० लाख, संघीय सरकारबाट ८३ करोड ४ लाख प्रदेश सरकारबाट ३ करोड ५० लाख ७० हजार संघीय राजस्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुगहुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवतैनबाट व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताएका छन्।

धरान उपमहानगरले खानेपानी, पूर्वाधारविकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको छ। धरानका २० वटै वडाहरुमा प्रशासनिकतर्फ २ करोड ५० लाख र कार्यक्रम तथा पुँजीगततर्फ २९ करोड रकम विनियोजन गरिएको छ। सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि २९ करोड १० लाखर  शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख विनियोजन गरिएको छ।

स्वास्थ्य तर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ १ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ।

त्यस्तै पर्यटन तर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख र साहित्य कला सँस्कृतितर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। धरानको अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापनतर्फ २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यस्तै मेयर कोषमा १ करोड २० लाख उपमेयर कोषमा ८० लाख पूर्वाधार साझेदारी कार्यक्रममा ७५ लाख र विपद्र व्यवस्थापन कोषमा ५० लाख आकस्मिक कोषमा ५ लाख कार्यलय सञ्चालन तथा प्रशासनिक लगायतका शीर्षकमा ४० करोड रकम विनियोजन गरेको उपप्रमुखले प्रस्तुत गरेको बजेट भाषनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।