image
image

नेप्सेमा ९४ अंकको उछाल, २ दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौँ, १२, असार ।  आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ । कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।

यसक्रममा आज कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि २ घन्टा मात्रै कारोबारमा आएको नेप्सेमा गत साताको शुक्रबार १३ अंकले बढेको थियो ।

त्यसक्रममा नेप्सेमा ३५ लाख ४१ हजार कित्ता सेयर किनबेच भइ १ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन, आजको कारोबार रकमको तुलनामा १ अर्ब ४ करोड रुपैयाँले कम हो । आजको कारोबार रकमभन्दा त्यसअघि साताका ५ कारोबार दिनमा भने नेप्से परिसूचक घटेको थियो ।

नेप्सेमा झण्डै १०० अंकको उछाल आएको दिन सबै समूहमा सुधार आएको छ । यसमध्ये जीवन बीमा समूहमा ३६६ अंक, निर्जीवन बीमा समूहमा ३६२ अंकको सुधार आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा २८४ अंकको र विकास बैंक समूहमा २५७ अंकको सुधार आएको छ । 

यसका साथै लघुवित्त समूहमा २३१ अंकको वृद्धि आउँदा जलविद्युत समूहमा १५६ अंक र व्यापार समूहमा १२१ अंकको सुधार आएको देखिन्छ । आज परिसूचकमा उच्च अंकको वृद्धि आउँदा सबैजसो समूहमा उल्लेख्य सुधार आएको छ ।

यसक्रममा आज २१ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा झण्डै २ दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । यसैगरी, २९ वटा कम्पनीको सेयरमा ९ प्रतिशतभन्दा धेरैको सुधार आएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।