image
image

अब बेलायत, अमेरिका, क्यानडा र जापानले रुसी सुनको आयात गर्न नपाउने

काठमाडौँ, १३, असार ।  जी–७ राष्ट्रहरु रुसी सुन आयातमा प्रतिबन्ध लगाउन सहमत भएका छन् ।

जर्मनीमा आइतबार भएको जी–७ शिखर सम्मेलनमा यो नयाँ कडा प्रतिबन्ध लगाउन सहमति भएको हो । यो सहमति भएपछि बेलायत, अमेरिका, क्यानडा र जापानले अब रुसी सुनको आयात गर्न नपाउने भएका छन् ।  

युक्रेन संकटलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बढाउने उद्देश्यले यो कदम चालिएको हो । सुन रुसी निर्यातको प्रमुख हिस्सा हो । 

सन् २०२१ मा सुनले रुसको अर्थतन्त्रमा १२.६ बिलियन पाउन्ड योगदान गरेको थियो । पश्चिमी प्रतिबन्धहरुको आर्थिक प्रभावबाट बच्न धनीहरुले सुनको खरिददारी बढाएकोले हालैका महिनाहरुमा रुसी अभिजात्य वर्गका लागि यसको महत्व बढेको छ ।

लन्डन सुनको व्यापारको केन्द्र हो । बेलायती प्रतिबन्धपछि यसले पुटिनको कोष जुटाउने प्रयासमा ठूलो प्रभाव पार्नेछ । यो प्रतिबन्ध रुसविरुद्ध लागू गरिएको विश्वकै पहिलो पहिलो प्रतिबन्ध हुनेछ । –एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।