image
image

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौँ, १३, असार ।  साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार फेरि ओरालो लागेको छ । 

अघिल्लो कारोबार दिन अर्थात आइतबार ९४.९२ अंक बढेर १९५६.९९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज फेरि २३.८५ अंकले ओरालो लागेर १९३३.१३ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८० लाख ८८ हजार ३४२ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोडमाथिको शेयर खरिदबिक्री भएको हो । कम्पनीको शेयरमूल्य आज एकैदिन ११४ रुपैयाँका दरले बृद्धि भएसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरेका हुन् ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२९ कम्पनीमध्ये ३१ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

आज नागारिक लगानी कोष र ङादी ग्रुप पावरको शेयर कारोबार सकरात्मक सर्किट लेभमा भएको छ । नागारिक लगानी कोषको शेयरमूल्य ९.९९९ प्रतिशत र ङादी ग्रुप पावरको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । 

सोमबार १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.५१ प्रतिशत घटेको छ भने वित्त, होटल तथा पर्यटन, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।