image
image

एस वाई प्यानल नेपालले आइपीओ निष्कासन गर्ने

काठमाडौँ, १३, असार ।  एस वाई प्यानल नेपाल लिमिटेडले आइपीओ निष्कासन गर्न प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता असार १२ गते, आइतबार सम्पन्न भयो ।

उक्त सम्झौतामा एस वाई प्यानलका कम्पनीका प्रबन्ध संचालक चोई डोंगील तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

एस।वाई। प्यानल नेपाल २०७४ असार २० गते स्थापना भएको हो । यसमा कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस।वाइ। कम्पनी लिमिटेड कोरियाको लगानी रहेको छ । यसको प्रधान कार्यालय काठमाडौं तीनकुनेमा रहेको छ । कम्पनीले चितवन जिल्लाको रत्ननगर नगरपालिका, वडा नं। १४, पिठुवामा फ्याक्ट्री स्थापना गरेको छ ।

कम्पनीको हाल नेपाल अधिराज्य भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्ग मिटर प्रतिदिन रहेको छ । पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौँ घरहरु, कारखाना तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको जानकारी सम्झौताका बखतमा कम्पनीका प्रबन्ध सञ्चालकले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।