image
image

एकैदिन बैंकहरुको निक्षेप ५ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो ?

काठमाडौँ, १४, असार ।  बैंकिङ प्रणलीमा एकैदिन ५ अर्ब निक्षेप संकलन भएको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १२ (आइतबार) बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। गत असार ११ गते कुल निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुमा पनि आइतबार एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत असार ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९६ अर्ब रुपैयाँ रहेकोमा असार १२ गतेसम्म बढेर ४४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार असार १२ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा असार १२ गतेसम्म घटेर ४७ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत असार ११ गते वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा असार १२ गतेसम्म घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको छ। 

बैंकहरुको औसत सीडी रेसियो पनि असार १२ गते घटेर ८९.२६ प्रतिशतमा झरेको छ। गत असार ११ गतेसम्म औसत सीडी रेसियो ८९.३७ प्रतिशत रहेको थियो। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।