image
image

काठमाडौँका सडकमा फेरि देखिन थाल्यो खाल्डाखुल्डी 

काठमाडौँ। संघीय राजधानी काठमाडौँका मुख्य तथा भित्रि सडकमा फेरि खाल्डाखुल्डी देखिन थालेका छन् । विभिन्न प्रयोजनका लागि सडक खन्ने तथा पिच नगर्ने प्रवृत्ति बढेकाले खाल्डाखुल्डी देखिएका हुन् । 

उपत्यकाका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका विभिन्न सडकहरुमा पछिल्ला दिनमा खाल्डाखुल्डी बढेका छन्। त्यस्तै , ढल तथा पानीका लागि सडक खनेपछि पुनः पिच नहुँदा सडकमा खाल्डाखुल्डी यत्रतत्र देखिन थालेका हुन् । सडक विभागले भने नियमित रुपमा खाल्डाखुल्डी पुर्ने, सडक पिच गर्ने काम भइरहेको जनाएको छ । 

गत वर्ष मात्र  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै करिब दश हजार बढी खाल्डाखुल्डी पुरिएको जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले रघुवीर महासेठलाई हटाएर नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मा दिएपछि सडकका खाल्डाखुल्डी टाल्ने, सडक रंगरोगन गर्ने, नियमित सडकको पिच गर्ने क्रम बढेको थियो । 

सरकारले सडकलाई सुरक्षित तथा धुलोरहित बनाउने भन्दै खाल्डाखुल्डी पुर्ने देखि रंगरोगन गर्ने अभियान नै चलाएको थियो। मन्त्री नेम्वाङले आफ्नो तीन महिनाको कार्याकालमा नै ९ हजार ५ सय खाल्डाखुल्डी पुरेपछि मन्त्रीको पनि प्रशंशा भएको थियो । पछिल्लो समय भने खाल्डाखुल्डी पुर्ने, सडकमा कालोपत्रे गर्ने कामले खासै प्राथमिकता पाउन सकेको छैन । मुख्य सडकमा नै महिनौं दिनसम्म खाल्डाखुल्डी खनेर नपुर्ने गरिएको पाइएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।