शेयर बजारमा हरियाली, कारोबार रकम पनि उत्साहजनक
काठमाडौँ, १९, असार । साताको पहिलो कारोबारको दिन (आइतबार)शेयर बजारमा हरियाली छाएको छ ।
गत साताको अन्तिम कारोबारको दिन अर्थात शुक्रबार ८.८७ अंकले घटेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजारमा आज हरियाली छाएसँगै कारोबार समेत बढ्न पुगेको छ । शेयरबजारमा पछिल्लो समय १ अर्ब कारोबार सीमित हुन पुगेकोमा आज साढे २ अर्बको कारोबार हुन पुगेको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन २२ करोड २८ लाख ६९ हजार ८८९ रुपैयाँको कारोबार भएको छ ।
कारोबारको अन्तिम समयसम्म आईपुग्दा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।









