image
image

सोनापुर मिनरल्स एण्ड आयलले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाडौँ, २०, असार ।  सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा प्राथामिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

सरकारले पूँजीबजारमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको उच्च हिस्सा घटाएर वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउनका लागि बजेट मार्फत कर छुट सुविधा दिने नीति लिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सो नीति कार्यान्वयन गर्दै बुक बिल्डिङ विधिबाट प्रिमियम मूल्यमा शेयर जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि यस्तो प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । कम्पनीले साउन १५ गते आइतबार बत्तीसपुतली स्थित आफ्नै कार्यालयमा दिउँसो ४ बजे १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा प्रिमियम मूल्यमा शेयर जारी गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण सञ्चालकको निर्वाचन र बैठक भत्ता लगायतका प्रस्ताव पेश गर्ने एजेण्डा राखिएको छ ।

कम्पनीले सार्वजनिक शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई २ अर्ब बराबरको सार्वजनिक निष्काशन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।