image
image

सेयर बजारमा उतारचढाव, २१४७ अंकसम्म पुगेको नेप्से अन्त्यमा ओर्लियो

काठमाडौँ, २०, असार ।  सोमबार सेयर बजारको परिसूचक नेप्सेमा उतारचढाव देखिएको छ । २०९५ अंकबाट खुलेको बजार १:०७ बजे २१४७ अंकसम्म पुग्यो । त्यसपछि केही बेर उतारचढाव रहेको नेप्से १:४० बजेपछि ओर्लिन थाल्यो । अन्तत: अघिल्लो दिनको तुलनामा नेप्से ९.७५ अंकले घटेर २०७६ अंकमा बन्द भयो ।

नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । यो आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो । आइतबार २ अर्ब ४८ करोडको काराेबार भएको थियो । कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटे । ब्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढे ।

सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको मूल्य ७.७ र एसटीसीको मूल्य ६.८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।