सुपर मादी हाईड्रोले माग्यो आईपिओ निष्काशन अनुमति
काठमाडौँ, २०, असार । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असर १५ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ।
यस आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले रु पाँच अर्ब ७५ करोड लगानी गरेका छन् । कूल ४४ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको लागत रु सात अर्ब ६५ करोड रहेको छ । आयोजनामा सानिमा बैंकले रु एक अर्ब २५ लाख, एनआइसी एशिया बैंकले रु ८५ करोड, एनसिसी बैंकले रु ७५ करोड, सनराइज बैंकले रु ७५ करोड कुमारी बैंकले रु ७० करोड, कृषि विकास बैंकले रु ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले रु ६० करोड र प्रभु बैंकले रु ५० करोड लगानी गर्नेछन् ।









