image
image

श्वेत–गंगा हाइड्रोपावरको १५ लाख ९३ हजार कित्ता आईपीओ बाँडफाँट

काठमाडौँ, २१, असार । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले असार २० गते सोमवार आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो। जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं.४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्कासन गरिने शेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा। को वडा नं। १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता गरी बाँडफाँट गरिएको छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको थियो । 

उक्त आईपीओ बाँडफाँटमा नपरेका शेयर बापतको रकम असार २४ गते शुक्रवारदेखि फिर्ता हुने समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।