image
image

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्बले बढ्यो

काठमाडौँ, २१, असार ।  वाणिज्य बैंकहरुको निक्षेप एक सातामै ३४ अर्ब रुपैयाँले बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप निक्षेप ३४ अर्ब रुपैयाँले बढेको हो। असार ११ गतेदेखि असार १७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो।

यो एक सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा असार १७ गतेसम्म बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। 

एनएबीएको तथ्यांकअनुसार असार १७ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो ८९.४२ प्रतिशत रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।