image
image

फिल्म 'झिँगेदाउ'को 'आगो बिना बिँडी जल्दैन' गीत सार्वजनिक

काठमाडौँ, २१, असार । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म 'झिँगेदाउ'को 'आगो बिना बिँडी जल्दैन' बोलको गीत सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडिओमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्ट फिचर्ड छन्।

शान्तिश्री परियार र प्रविण बेडवालको स्वर रहेको गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत छ। संगीत संयोजन महाराज थापाको रहेको छ।

'झिँगेदाउ'मा केकी र आँचल देउरानी जेठानीको भूमिकामा देखिएका छन्। फिल्ममा केकी, आँचल, मुकुन र कुशलसँगै हिउँवाला गौम, संगम भण्डारी, विजय देउजा, आयान खड्का, अभयराज बराल लगायत कलाकारको अभिनय छ। 

कपनगडी सिनेमा र फिल्म क्र्यू नेपालको ब्यानरमा निर्माण भएको फिल्मको कथा भिमनिधि तिवारीले तयार पारेका हुन् भने पटकथा तथा संवाद प्रदीप भारद्वाजको छ। 

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन्। विष्णु घिमिरेले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्।

यो फिल्म भदौ १७ गतेबाट प्रदर्शन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।