image
image

नेप्सेको ओरालो यात्रा कायमै, आज पनि ४६.०८ अंकले घट्यो

काठमाडौँ, २१, असार ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार उच्च अंकले घटेको छ । आज नेप्से ४६.०८ अंकले घटेर दुई हजार ३० दशमलब ५९ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार पनि नेप्से ९.७५ अंकले घटेर दुई हजार ७६ दशमलब ६७ विन्दुमा पुगेर बन्द भएको थियो । 

त्यस्तै, आज शेयर बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ४ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।         

आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४३.९० रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३१८.८० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रोमेटर शेयरको भएको छ । यसको आज ३० करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।