image
image

थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४, असार ।  शुक्रबार थप ९८ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१५४ नमूनाको परीक्षण भएकोमा ९८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार १ हजार ६१ नमूनाको पीसीआरबाट ८३ जना र १ हजार ९३ नमूनाको एन्टीजेनबाट परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज थप २७ संक्रमित निको भएका छन्। 

हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ६२ हजार ९७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।