image
image

वेस्ट इन्डिजमाथि बंगलादेशको जित

काठमाडौँ, २७, असार । घरेलु टोली वेस्ट इन्डिज पहिले एकदिवसीयमा बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आइतबार राति वर्षाका कारण खेल ४१ ओभरमा झारिएको खेलमा घरेलु टोलीले दिएको १५० रनको लक्ष्य पछ्याएको बंगलादेशले ३१ ओभर ५ बलमा लक्ष्य पूरा गर्‍यो ।

बंगलादेशका लागि मोहम्मद महमदउल्लाहले अविजित रहँदै सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै नजमुल हुसेन सान्तोले ३७ बनाउँदा  कप्तान तमिम ईकवालले ३३ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका गुडाकिसन मोटी, अकिल हुसेन तथा निकोलस पुरनले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४१ ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि सामरन ब्रोक्सले ३३ रनको योगदान गरे । त्यस्तै एन्डरसन फिलिप्सले २१ र कप्तान निकोलस पुरनले १८ रन बनाए । बलिङतर्फ बंगलादेशका लागि शोरिफुल इस्लामले चार विकेट लिए । त्यस्तै मेहेदी हसनले ३ तथा मुस्ताफिजुर रहमानले एक विकेट लिए । जितसँगै बंगलादेशलेटोलीले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो एकदिवसीय जुलाई १३ मा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।